जीवनका कुरा…. प्रशान्त महासागर

91
तिम्रो जन्म तिम्रो
पास्नी तिम्रो
ब्रतबन्ध वा गुन्युचोली
मैले फेसुबूकबाट थाहा पाएँ ।
तिम्रो शिक्षा तिम्रो दीक्षा
तिम्रो काम अनि कर्तव्य
तिम्रो दायित्व अनि
जिम्मेवारी
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो इच्छा अनि रहर
तिम्रो विचार
अनि व्यवहार
मैले फेसबूकबाट
थाहा पाएँ ।
तिम्रो धर्म अनि वर्गको जात
तिम्रो भाषा अनि पहिचानको कुरा
तिम्रो संस्कार
अनि सम्पदाको
व्याख्या मैले
फेसबूकबाट
थाहा पाएँ ।
तिम्रो भोक
अनि शोक
तिम्रो स्वादसँगैको रोग
तिम्रो क्रोध
तिम्रो सोध
तिम्रो प्रेम
तिम्रो विवाह
मैले फेसबूकबाट
थाहा पाएँ ।
तिम्रो जीवनको
गति र मति
तिम्रो जीवनको
युद्ध र सम्झौता
मैले फेसबूकबाट
थाहा पाएँ ।
तिम्रो हर्ष
अनि बिष्मात पनि
मैले
फेसबूकबाट
थाहा पाएँ अन्तत
तिम्रो मृत्यु पनि
मैले फेसबूकबाट
थाहा पाएँ त्यस्तै….
मेरो पनि अनि उसको पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here