करेन्ट लागेर मृत्यु

72

काठमाडौं । धनुषा, हंसपुर नगरपालिका-८ झटियाही बस्ने ६५ वर्षीय राजेन्द्र राउतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकै रहेको खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । बारा, करैयामाई गाउँपालिका-४ लौतन टोल बस्ने २१ वर्षीय रमेश प्रसाद यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

पानी तान्ने धारामा लगाएको विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here