बिपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्र मन्त्री साउद कतार जार्दै

84

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद दोहा २१औं फोरममा सहभागी हुन कतार जान लागेका छन्। उनी यही मंसिर २३ गते कतार जान लागेको मन्त्री साउदको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्री साउदले इजरायलमा हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ।

साउदले बुधबार बिहान महेन्द्रनगरमा विपिनका बुवाआमालाई भेटेर आफू उनको रिहाइको थप पहल गर्न कतार जान लागेको बताएका छन्।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here