विपिन जोशीको रिहाइका लागि कतारसँग आग्रह

70

काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलवार कतारका लागि नेपाली राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन् ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए । साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिए ।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने,  ‘हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ ।’

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने तयारीमा छन् ।

मन्त्रालयमा मंगलवार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here