आर.आर क्याम्पसका नेपालभाषा विद्यार्थीहरुलाई मात्र किन प्रश्न पत्र ढिला ?

70

– प्रशान्त डंगाेल

ने.सं. ११४४ थिंलाथ्व सप्तमि बुधबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालदेखि स्नातक तहमा नेपालभाषा अध्ययन अध्यापन हुँदै अ‍ाएकोमा वि.सं. २०७८ सालदेखि नेपालभाषा अभियान्ताहरुको सक्रियता र काठमाडौं महानरसंगको सहयोगार्थ सन्ध्याकालीन सिफ्टमा स्नातकोत्तर तहमा नेपालभाषा अध्ययन अध्यापन सञ्चालन हुँदै आइरहेको छ ।

स्नातकोत्तर तहको आन्तरिक मुल्यांकन परीक्षा थिंलाथ्व पंचमि सोमबरदेखि सञ्चालन हुँदै अ‍ाइरहेकोमा नेपालभाषा स्नातकोत्तर तह दोस्रो र चौंथो सेमेस्तरको नेपालभाषा अध्ययनरत परिक्षार्थीहरुलाई सुरुको परिक्षा दिन सोमबार पनि अ‍ाधा घण्टा ढिला प्रश्न पत्र बितरण गरियो, दोस्रो दिन मंगलबार पनि पन्ध्र मिनेट ढिला प्रश्न पत्र बितरण गरियो तेस्रो दिन बुधबार त झन एक घण्टासम्म पनि प्रश्न पत्र बाधिएन । विद्यार्थीहरुलाई उत्तर पुस्तिका मात्रै थमाएर झुलाईरहे अल्झाइरहे।

प्रश्न पत्र नआएको झोकमा विद्यार्थीहरु होहल्ला गर्न थाले सोही क्रममा क्याम्पस प्रमुख जिवनधर ज्ञवाली परीक्षा अवलोकन गर्न अ‍ाए १३ नम्बर रुममा नेपालभाषा अभियान्ता एवम् परिक्षार्थी प्रशान्त डंगोलले परिक्षार्थीहरूलाई तीन दिन सम्म किन नेपालभाषा अध्ययनरत बिद्यार्थीहरुलाई निरन्तर ढिला प्रश्न पत्र दिनेगरेको प्रश्न गरे अर्का परिक्षार्थी जेनिस श्रेष्ठले अन्धकार कोठामा परीक्षा दिन गाह्रो भएको गुनासो सुनाउने बित्तिकै क्याम्पस प्रमुख समस्या बुझेर हो या समस्या सल्ताउन हो केही प्रतिक्रिया नगरी फर्केर गए । परिक्षार्थीहरु अब त क्याम्पस प्रमुखले प्रश्न पत्र पठाउला भन्ने आसमा बसे तर प्रमुख गएको आधाघण्टापछि सम्म पनि प्रश्न पत्र नआएपछि परीक्षा निरिक्षक सुनिता राजभण्डारी प्रश्न पत्रको खोजीमा माथि तल दगुरीरहे।

विद्यार्थीहरुलाई उत्तर पुस्तिका मात्रै हातमा थमाएर एक घण्टासम्म पनि प्रश्न पत्र नआए पछि परिक्षार्थीहरु हल्ला गर्न थाले । परीक्षार्थीहरुले प्रश्न पत्र नपाएको र परिक्षार्थीहरुलाई थमथमाउन नसकेर अतालिदै परीक्षा निरिक्षक सुनिताराज राजभण्डारी छत्पतिदै परीक्षा शाखा प्रमुख सुशीला अर्याललाई घरी घरी फोन गर्ने र प्रश्न पत्र खोज्न दगुरीरहे । प्रश्न पत्र नअ‍ाएपछि परिक्षार्थीहरु अ‍ाक्रोसित हुँदै परीक्षा बहिष्कार गर्न खोज्दा परीक्षा परीक्षा निरिक्षक सुनिता राजभण्डारीले क्याम्पस परीक्षा शाखा प्रमुख सुशिला अर्यालसँग नेपालभाषा दोस्रो सेमेस्टर प्रश्न पत्रको फोटो खिचि बोर्डमा प्रश्न लेखि दियो । सोहि क्रकमा नेपाली तथा नेपालभाषा डिपार्टमेन्ट प्रमुख बिष्णु ज्ञवाली निरीक्षमा आए सोही क्रममा नेवाः देय् दबुका महासचिव सत्यनारायण डंगोलले अरु बिषयका विद्यार्थीहरुलाई समयमै प्रश्न पत्र पाउने नेपालभाषा विद्यार्थीहरुलाई मात्र किन ढिला प्रश्न पत्र बाधिन्छ हामी परीक्षा बहिस्कार गर्ने भन्ने प्रश्न गर्दा प्रतिउत्तरमा विष्णु ज्ञवालीले भोलि फेरि अ‍ाजकै विषयको जाँच दिने भए जादा हुन्छ भने ।

ज्ञवालीले फेरि भने बोर्डमा प्रश्न लेखेको छदैछ खुरुकन जाँचदिने भनेर हप्कायो । समयमै प्रश्न पत्र नपाएकोमा अ‍ागो हुँदै चौंथो सेमेस्तरका अर्का परिक्षार्थी रणबहादुर डंगोलले सबै बिषयको प्रश्न बोर्डमा लेखेकै भरमा जाँचदिने हो भने बिद्यार्थीले पनि मोवाइलमा उत्तर ताइप गरेर शिक्षकहरुलाई पठाउँदा भइगोनि किन उत्तर पुस्तिकामा लेखेर क्याम्पसलाई घातापार्नेप्रति उत्तरमा क्याम्पस प्रमुख विष्णु ज्ञवालीले । यो जाचँको समय हो खुरुक्कन जाँच दिने भनेर फर्किए।

जेनिस श्रेष्ठले नेपालभाषा अध्ययन गर्नेहरुले मात्रै बोर्डमै प्रश्न लेखेको भरमा जाँच दिनु पर्ने हो भन्ने प्रश्नको उत्तरमा यो जाँचको समय हो जाँचदिने समय हो विवाद नगर्ने भनेर प्रश्नको उत्तर दिएर गए ।

विष्णु ज्ञवाली फर्केको दशमिनेटपछि बल्ल प्रश्न पत्र अ‍ायो । परिक्षार्थीहरु परीक्षा अवधी भर तनाव पुर्ण मानसिक्तामा परीक्षा दिए ।

अमर बहादुर डंगोलले विष्णु ज्ञवाली समक्ष नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई मात्र किन यत्ति साह्रो विभेद भनेर प्रश्न गरे। लुना चित्रकार ले अरु बिषयका विद्यार्थीहरुले जाँच सकाएर उत्तर पुस्तिका बुझाउदा नि नेपालभाषाका विद्यार्थी हरुले प्रश्न पत्र नपाएको मा दुखेसाे पाेखी राख्दा विष्णु ज्ञवालीले खुरुखुरु बाेर्दमा लेखेकाे प्रश्न काे उत्तर लेख्ने भन्नदै हप्काए। परिक्षामा सामेल सबै परिक्षार्थीहरुले क्याम्पस प्रशासनकाे लापरबाहीकाे निन्दा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here