चरित्र हत्या गरेको आरोपमा पक्राउ

49

 

काठमाडौं ।  नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्ट रहेका छन्।

काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका उनलाई जिल्ला अदालतमा उपस्थित गराइ अदालतको ५ दिनको म्‍याद अनुमति अनुसार हिरासतमा राखेर अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

रोजगारीका सिलसिलामा चिनजान भइ प्रेम सम्बन्धमा रहेको र समय समयमा भेटघाट हुने गरेकोमा उनीहरुबीच हुने क्रियाकलाप तस्बिर तथा भिडियोमा कैद गरेका थिए।

तर उक्त क्रियाकलापका भिडियो तथा तस्बिरहहरु फेसबूकमा फेक आइडी बनाएर फेसबूक तथा ह्वाट्सएपमा सार्वजनिक गरी चरित्र हत्या गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here