काठमाडाैं । अघिल्ला पाँच कारोबार दिनसम्म घटेको सेयरबजारमा बुधबार थप दोहोरो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारले लगातार ओरालो यात्रा समाएको छ ।
सोमबार ०.४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप १०.२५ अङ्कले घटेर २०८८.०४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा तेह्रथुम पावर, एनएमबि लघुवित्त र सिवाइसी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
















