प्रशान्त महासागर
कीर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग कीर्तिपुर -३ अवस्थित मभिं पोखरी जुन पुरातत्त्वसँग सम्बन्ध भएको चोख्याउने पोखरी हो । अत: कस्तो बन्न लागेको हो भनी २०८०/१०/०२ गते सूचना माग्न जाँदा दुईचार दिनमा खबर गर्छु सूचना अधिकृत श्री प्रकेश चन्द्र श्रेष्ठ ज्युले भन्नू भयो । र आज मिति २०८०/१०/१५ गते ११:४५ बजेतिर सूचना अधिकृत ज्यु कहाँ गएँ । सरको आज हुन्छ, उताबाट mail आएको छ म हजुरलाई आज दिन्छु भन्नु भयो । अनि मैले पुन: कति बजे भन्ने सोधें । २ बजे दिन्छु भनिईयो र मैले कुरें । दिउँसोको १:३० एउटा सूचना हात पर्यो । मैले सरसर्ती पढें ।
“उपरोक्त सम्बन्धमा मिति २०८०/१०/०२ गतेको प्राप्त पत्रबाट सूचनाको हक अन्तर्गत माग गर्नु भएको विषयमा उक्त योजना कीर्तिपुर नगरपालिकाबाट संचालन नभएको व्यहोरा अनुरोध छ ।”
पत्रको व्यहोरा देखेर पुन: म मेरो मागको सम्बोधन भएन् भन्दै सूचना अधिकृत कहाँ गएँ र भनें यो प्रश्नको जवाफ आएन् नि भन्दै आफ्नो कुरा राखें । त्यसपछि बालकृष्ण सरसँग सोधेर आउँछु भन्दै जानुभयो र एकछिन फर्किनु भयो । उहाँ हुनुहुन्न भन्नुभयो । अब के गर्ने त भन्दाखेरी मलाई हाकिम साहेबले यति नै दिनु भन्नू भएको थियो हुन त यो भन्दा अरु दियो भने अन्य अरु पनि माग गर्छन् भन्ने जस्ता कुरा निस्किईयो । मैले पुन: यो जवाफको लागि मैले सूचना मागेको होईन् । मेरो १०, १२ दिन खेर गयो अब के गर्ने भन्दा खानेपानी बोर्ड भैसीपाटिमा जानुस् भन्दै वेब साइट देखाउनु भयो । अनि अघि mail आएको छ भनेको खै त भन्दा हाकिमले मलाई यति नै दिनु भन्नू भएको थियो । त्यसपछि को हाकिम भनी सोधें लक्ष्मी प्रसाद बास्कोटा भन्नु भयो । म त्यतै गएँ । त्यता खै के को खासखुस थाहा भएन् १० मिनेट जति कुर्नुपर्यो । त्यतिबेला मैले कीर्तिपुरको वरिष्ठ पत्रकार नजर राम ज्युलाई भेटें । उहाँले मसँग भएको पत्र पढ्नु भयो । भित्र हाकिमको कोठाबाट कोहि बाहिरिए पछि म र अरु एक जनासँग छिर्यौं । त्यहाँको स्टापलाई बोलाएर एउटा समोसा बाहिर पार्शल गर्यो । त्यतिबेलासम्ममा अर्को एकजना तोक लगाएर गए । अनि मैले मभिं पोखरीको सूचना लिन आएको मलाई यति मात्र दियो भन्दाखेरी हामीसँग स्वकृती लिएर बनाएको योजना होईन् हामीसँग केही छैन् भन्ने जवाफ दिदैं “गोलभेडा किन्न आलु पसलमा आउनु भयो, यहाँ कहाँ गोलभेंडा पाइन्छ र” भन्ने प्रत्युत्तर तेर्साईयो । अनि आवेगमा अब यो पत्र लिएर म जहाँ जाँदा हुन्छ होईन् त भन्दाखेरी हुन्छ भन्ने जवाफ दिनुभयो । अड्डा अख्तियार पुरातत्व बिभाग जहाँ गएर हुन्छ होईन् त भन्दा हुन्छ भन्ने जवाफ दिएँ । त्यतिबेला त्यहाँ अर्को दुई जनाको उपस्थिति भएको थियो ।
साथै मैले कीर्तिपुर नगरपालिकाको सहकार्यमा बन्न लागेको होईन् र भन्दाखेरी सहकार्यको परिभाषा सुनाउनु भयो ” कुनै कारणवश झै झगडा भयो भने नगरपालिकाले मिलाउने काम मात्र गर्नेछ भन्ने जवाफ पनि हाकिम भनाउँदो पिउसाले दिनुभयो । म त्यहाबाट निस्कें । म पुन: सूचना अधिकृतको कोठामा गएर स्वीकृत कस्ले दियो त भन्ने कुरा राख्दै गर्दा ” मैले सबै माग बमोजिमको व्यहोरा खुलाएर पत्र तयार गरेको थिएँ हाकिम त्यति नै दिनु भनिईयो ।” भन्दै कम्युटरको लेखिएको चिठी देखाएको थियो जुन print हुन सकेन् । यो कुराले एउटा स्पष्ट भयो कि नगरपालिका कतै डर चलेको संस्था हो या कुनै पाप गर्न गठित संस्था हो कि आज मनमा उब्जिएको प्रश्न । अर्को सूचना एउटा दिन नै आनाकानी हुन्छ र आएको mail पनि नदेउ आदेश दिईन्छ भने त्यहाँबाट हामीले के आस गर्न सकिन्छ ? हिजो पञ्चायत व्यवस्थामा बोल्न पाईन्न भनिएको कुरा आज बोल्न पाएर के पाईयो त ? हिजो व्यवस्था बेठीक भन्नेले आज चलाउने व्यवस्था ठिक बनाउने कि नबनाउने ? अर्को खानेपानी बोर्डले बनाएको पोखरी, हामीले स्वकृती दिएको होईन् जवाफसँगै गोलभेडा किन्न आलु पसलमा आउनु भएछ हामीसँग सूचना छैन् भन्ने जवाफ दिएँ । जबकी प्रमुख, उपप्रमुख सहित वडाध्यक्षहरु सहभागी भैइ शिलान्यास भन्दै झ्याली पिटेको थियो आज आएर थाहा छैन् भन्ने जवाफ दिईयो । यात्रा लामो छ राम्रो हुनुपर्छ । आज कंकृट र डण्डी मात्र देखिँदा के हो कसो हो सोध्न पनि नपाईने कस्तो संघिय लोकतान्त्रिक गणतन्त्रको राज्य ? यो त सरासर लुट्ने कार्यविधि मात्र कार्यन्वयन भएको बुझ्न सकिन्छ । र भन्नै अर्को कुरा हाम्रो माटो हामीलाई नसोधी अरु कसैले बजेट राख्छ भने वा रैथाने प्रकेश चन्द्र श्रेष्ठलाई कठपुतली झै नाच्न लगाउनु दु:खदायी कुरा हुन् ।
मेरो निवेदन :
श्रीमान सूचना अधिकारी ज्यू, मितिः२०८०/१०/०२
श्री कीर्तिपुर नगरपालिका
कीर्तिपुर ।
विषय: सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे ।
महोदय,
उपरोक्त विषयमा उपत्यका खानेपानी वोर्डको आर्थिक बजेटमा उक्त वोर्ड र कीर्तिपुर नगरपालिकाले संयुक्त सहकार्यमा निमार्ण गर्ने गरी कीर्तिपुर नपा वडा नं.३ अवस्थित मभिंपुखू(मभिं पोखरी) संरक्षणको नाममा विभिन्न पोखरीमा स्थायी संरचना निमार्ण गर्ने गरी हाल उक्त पोखरीमा पुन: निमार्ण समेत भै आएको छ । म निवेदक कीर्तिपुर निवासी उक्त पोखरीको संरक्षणमा लागी परेको नाताले यसका वास्तविक जानकारी नपाई हालसम्म अनविज्ञ रहनु परेकोले नेपालको संविधानको धारा २७ वमोजिम सूचनाको हक तथा सूचनाको हक सम्वन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार हक प्रयोग गरी यथास्थिति एवं सही पर्याप्त लिखित सूचना एवं जानकारी पाउन प्रस्तुत निवेदन यस कार्यालयमा दिएको छु । यस विषयमा संचार माध्यममा आएको फोटोकपी समेत यस निवेदन साथ राखेको छु । मलाई सो पोखरीको सम्वन्धमा निम्न लिखित प्रश्नमा केन्द्रित भै लिखित सूचना जानकारी तथा प्रतिलिपी पाउँ ।
प्रश्नहरुः
१) कुन निकायको सहयोग र सहभागितामा पोखरी पुनर्निर्माण योजना अगाडि बढाईएको हो? त्यसको विस्तृत डिजाईन नक्सा र लागत अनुमान तथा टेण्डर गरि निर्माण ब्यावसायी चयन भएको भए टेण्डरदाटाहरुको तुलनात्मक विबरण उपलब्ध गराईपाउँ ।
(क) निर्माण कार्यको साईट ईन्जिनियर कसलाई नियुक्त गरिएको छ, निजको सम्पर्क नं. नाम पाउँ ।
(ख) पोखरी निर्माण पश्चात् संरक्षणको जिम्मेवारी कसको रहने र किन अनि नपालाई त्यस बापत फाइदा के के हुने हुन् ?
२) यसमा कस्तो थप स्थायी संरचना निमार्ण हुँदैछ ?
३) यसको मौलिकता संरक्षण गर्न कस्तो संरचना तयार हुँदैछ ?
४) वातावरण मुल्याकंन प्रभाव(EIA ) गरेको छ वा छैन ?
५) निमार्ण आयोजनको लागि खुल्ला टेण्डर आह्वान गरेको छ वा छैन यसको लिखित जानकारी पाउँ ।
६) पुरातात्त्विक महत्वको पोखरीमा नक्सा, डिजाइन सम्बन्धी पुरातत्व विभागको स्वीकृति छ छैन् ? जानकारी लिखित पाउ ।
माथि उल्लेखित सूचनाको प्रतिलिपी छिटो भन्दा छिटो तथा ऐनको म्याद भित्र उपलल्ध गराउनुहुन अनुरोध गर्दछु । उल्लेखित सूचना उपलव्ध गराउँदा लाग्ने कानून वमोजिमको दस्तुर वुझाउन तयार छु ।
निवेदक:
प्रशान्त महासागर नकर्मी
कीर्तिपुर-०९
फो नं.९८४३२००७७९
संस्कार सम्पदा मनपरी गर्नु आफ्नै आमाको बलात्कार हो :
कीर्तिपुर नगरपालिका वडा नं. ३ अवस्थित मभिं पोखरी अबैध संरचना । आखिर यस्तो किन ? शिलान्यास गरिएको पोखरी सम्बन्धमा सूचना माग गर्दा कतिसम्मको नीच सोचले भन्न सकेको होला कि हाम्रो योजना होईन्, हामीले स्वीकृति दिएको छैन् भनाई प्रमुख प्रशासकीय अधिकृतको जस्लाई कीर्तिपुर के मतलब आखिर हिजो अण्डा आजको चल्ला न हो । कीर्तिपुर संस्कार परम्परा सँग उसलाई कुनै चिन्ता छैन् । कीर्तिपुर भ्रष्टाचार थलो यस्तै यस्तै मान्छेको कारण त होईन् ?
शिलान्यास गरिएको पोखरी सम्बन्धमा कीर्तिपुर नगरपालिकालाई जानकारी नहुनु आखिर के हो त ? कस्ले कति कति भागमा ऐतिहासिक पोखरी खण्डहर बनाउँदैछ ? अस्तित्व अस्मिताको चित्कारमै मानापाथीको हिस्सा बटुल्नुपर्छ हो र ? किन हाम्रो जमिरले पुरातात्त्विक महत्वका धरोहर जगेर्ना गर्नुपर्छ ? बुझाउँदैन् । किन कीर्तिपुर मौन ? किन राजनैतिक परिपाटी मौन ?




















