आगलागी हुँदा दुई जनाको ज्यान गयाे

40

मुगु । मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।

लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिनु भयो ।

आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल स‌ंज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएकोे छ । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र  निभाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here