मिटरब्याजपीडितहरुले साङ्लेजुलुस निकाले

68

काठमाडौं ।  देशकाे राजधानीमा विभिन्न माग राखेर आन्दोलन जारी राखेका मिटरब्याजपीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन् ।

आफूहरुको मागको छिटो सुनुवाइ गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन् । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो ।

उनीहरुले मिटरव्याजीलाई कारवाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगाएका नारा लगाएका थिए । सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेलगायतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले आन्दोलन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here