हाम्राे मनलाई शान्त र स्थिर राख्नका लागि ध्यान अनिवार्य मानिन्छ । ध्यान बस्दा मानिसले आरामदायी महसुस गर्छन् ।जसले मानिसहरूमा आत्मजागरण र आध्यात्मिक सोच वृद्धि गर्छ ।
कुनै शान्त स्थान छानेर आरामदायी रूपमा बस्ने र गहिरो सास लिँदै आफ्नो श्वास–प्रश्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । भर्खरै ध्यान बस्न सुरु गर्नुभएको छ भने पाँचदेखि १० मिनेट मात्रै यसरी एकाग्र भएर बस्दा पनि आराम महसुस गर्नुहुन्छ र फरकपन पाउनुहुन्छ । त्यसपछि बिस्तारै ध्यानको अवधि बढाउँदै लानुपर्छ ।
दैनिक रूपमा निश्चित समय मिलाएर नियमित ध्यान गर्नुका धेरै फाइदा छन् । जसबाट शरीर स्वथ्य हुनुका साथै तनाव हट्छ, भय कम भएर जान्छ, आत्मजागरण बढ्छ, स्मरण शक्ति तेज हुन्छ, दयाको भाव पलाउँछ र निद्रा पनि राम्रो लाग्छ ।


















