काठमाडौं । स्याङ्जा, पुलती बजार नगरपालिका-१३ सातुपसल बस्ने राजेन्द्र प्रसाद तिवारीकी १५ वर्षीया छोरी रिया तिवारी आफ्नै घरको पिँढीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
तेह्रथुम, छथर गाउँपालिका-५ तुरुम्बा गाउँस्थित साथीको घरमा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेकपोखरा टोल घर भएका ४५ वर्षीय हिमाल केसी मृत अवस्थामा फेला परेका छन् । चैत ८ गते घुम्न भनी साथीको घर आई बसेका उनी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं, कीर्तिपुर नगरपालिका-३ समलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















