काठमाडाैं । टेकुदेखि कालिमाटीसम्म जुलुसकाे अारम्भ अगाडि सहिद शुक्रराज शास्त्रीकाे शालिकमा वि.सं. २०८० चैत ३० गते बिहान ११ बजेबाट पूर्व मन्त्री रामेश्र्वर फुयाल र अखिल नेपाल किसान महासंघकाे केन्द्रिय अध्यक्ष प्रेम डंगालबाट माल्यार्पन गरेकाे थियाे।
जुलुसमा बिभिन्न किसानका नाराहरू सहित सडक प्रदर्शन पश्चात् कालिमाटी तरकारी बजारकाे हलमा सम्मेलन सम्पन्न भएकाे थियाे। सम्मेलन कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष क.प्रेम डंगाल थियाे भने पूर्व मन्त्री एवम् संविधान सभा सदस्य रामेश्र्वर फुयालद्वारा बलिरहेका पानसमा पुष्प छर्र्नुहूदै कार्यक्रमकाे उद्घाटन भएकाे थियाे।
बिभिन्न तह र तप्कामा रहनुभएका नेकपा (एमाले) र किसान संगठनका नेतागनहरूकाे उपस्थिति रहेकाे कार्यक्रममा नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षलेे सिङ्गाे काठमाडौं महानगर भित्र किसान संगठन बन्न सक्छर भनिरहँदा यहाँ पनि किसानहरू छन् र किसान सँग सम्बन्धित सबै कामहरू यहाँ हुन्छ त्यस कारण महानगर भित्र पनि किसान संगठनकाे कमिटी अावश्यक रहेकाे कुरा राख्दै शुभकामना मन्तव्य राखेकाे थियाे।
सम्मेलनमा भूमी अघिकार तथा श्रमिक संगठन, नेपाल काठमाडौं महानगरपालिका कमिटीकाे पनि एक्यबध्दता रहेकाे थियाे। सम्मेलन कार्यक्रममा बर्षदिनकाे आर्थिक र राजनीतिक प्रतिबेदन क.राम बहादुर कार्की र क.सुमित रंजित द्वारा वाचन गरेकाे थियाे। २०८० चैत ३० गते सम्पन्न भएकाे अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटीकाे प्रथम ऐतिहासिक सम्मेलन बाट नवनिर्वाचित पदाधिकारी, सल्लाहाकारहरू तथा सदस्यहरू यस प्रकार छन् :- सल्लाहाकारहरू: क. राम बहादुर कार्की क. ईन्द्रमान महर्जन क. सुरेश दहाल अध्यक्ष- क. सागर महर्जन उपाध्यक्ष- क. चन्द्रा के.सी बास्ताेला उपाध्यक्ष- क. महेन्द्र सुवेदी सचिब- क. सुमित रंजित कोषाध्यक्ष- क. अाेममाया बस्नेत सदस्य- क. सुशीला लुईतेल सदस्य- क. सुनील खड्गी सदस्य- क. राजीव महर्जन सदस्य: क. शुभरत्न शाक्य सदस्य- क. रूपक श्रेष्ठ सदस्य- क. दुर्गादेवी महर्जन सदस्य- क. सुमन मानन्धर सदस्य- क. धर्म महर्जन रहेका छन् ।

















