बेइजिङ । चीनको लगभग आधा प्रमुख सहरहरू भासिरहेका छन् । जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । केही सहर तीव्र गतिमा भासिरहेका छन् । प्रत्येक ६ ओटा सहरमध्ये एउटा सहर बर्सेनि १० एफएम भन्दा बढीको दरमा भासिरहेको छ ।
चिनियाँ सहरहरू भासिन थालेको कुरा नौलो होइन । सन् १९२० को दशकमै शाङहाई र तियानचिन भासिएको प्रमाण भेटिएको थियो । गएको एक शताब्दीमा शाङहाई ३ मिटरभन्दा धेरै भासिसकेको बताइएको छ । हालैका दशकमा तीव्र गतिमा सहरीकरण भएका र बस्ती बढेका सहर भासिएको प्रमाण सर्वत्र देख्न पाइन्छ ।
सन् २०१५ देखि सन् २०२२ बिचको अवधिमा समूहले गरेको अध्ययनका क्रममा ४५ प्रतिशत सहरी क्षेत्रहरू बर्सेनि ३ एमएमका दरले भासिरहेको पाइयो । करिब १६ प्रतिशत सहर बर्सेनि १० एफएम भन्दा तीव्र गतिमा भासिरहेको छ । यसको अर्थ ६ करोड ७० लाखभन्दा धेरै मानिसहरू तीव्र गतिमा भासिरहेको शहरमा बसिरहेका छन् ।


















