प्रकाश कट्टारी
जीवनको यात्राको सन्दर्भमा पहिलोपल्ट नेपालको मधेश प्रदेश अन्तर्गत रहेको घण्टाघर टिभी वा मधेशी मुलको पत्रकारद्वारा सञ्चालित जनता जानेके चाहता मार्फत वर्तमान समयमा शिक्षा क्षेत्रमा घटित घटना र शिक्षाका गुणस्तर मधेश प्रदेश लगायत सम्पूर्ण नेपालीमा सञ्चालित क्याम्पसहरुको शैक्षिक माफियातन्त्रका सञ्चालकदेखि क्याम्पसका स्टाफहरु लगायत गार्जियनहरुबाट व्यक्त विचार, क्रियाकलाप के कस्तो रहेको छ देखा पर्दै गएको छ ।
हुनत क्याम्पस हरेक विध्यार्थीहरूकाे लागि भविष्य निर्माण हुने थलाे, एक दक्ष जनशक्ति बनाउने पवित्र थलाेका रूपमा लिइन्छ । त्यसमा पनि कसरी मानिस आफ्नाे बच्चाहरुको जीवन निर्धारण गर्ने, करियरको शिखरमा पुग्न स्वाभिमान भएको एउटा शैक्षिक संस्थाको २०–२२ वर्षको शैक्षिक इतिहासमा आफु अगाडि रहेको दावी गर्ने प्रिन्सिपल लगायतका मधेशी बुद्धिजीवीहरुको सन्दर्भमा बिरञ्जमा घटेको घटनाले वास्तविक शैक्षिक प्रणाली र मधेशीको क्षमतामाथि पूर्ण रुपले प्रश्न चिन्ह खडा भएकाे छ ।
परीक्षा सञ्चालनभन्दा अगावै परीक्षा कसरी गर्ने, गराउने सन्दर्भमा कुन पेडागोजी, टेक्निक र स्ट्राटेजिलाई हुन्छ त्यसको वास्तविक निर्धारण केन्द्राध्यक्ष वा सम्बन्धित व्यक्तिले गरेता पनि अरुले आफु पैसा, चाप्लुसी वा राजनीतिक पहुँचले आफ्नाे बच्चाको लागि पैरवी गर्ने सुधीर पट्टेल वा अभय मिश्रा जस्तो प्रोफेसरले पढाएको विद्यार्थीको लागि परीक्षा जस्तो अहं पार्टलाई तल झार्न खोज्ने मिश्रा जस्तो प्रोफेसर क्षमतावान् बारेमा शंकाकाे घेरामा परेकाे छ ।
पटेल जस्ता स्थानीय राजनीति कर्मी धनाढ्य व्यक्ति समाजको लागि लायक वा नेपाली उर्वरभूमिको लागि उनीहरुले चलाएको कार्यक्रम वा गतिविधिले विद्यार्थीको जीवनलाई बनाउन सक्छ भन्ने अहिले विषय बिरगञ्जको मात्र नभई सम्पूर्ण नेपालीहरुको शैक्षिक जीवनस्तरमाथि शंका उत्पन्न गरेको छ । त्यो कसरी अरुको जीवनमा शिक्षा पद्धतिबाट अगाडि बढाउन सक्छ त्यहाँको शिक्षा मन्त्रालय लगायतका अन्य मन्त्रालयको सरोकारको विषय बन्न जान्छ तर त्यहाँ बिरगञ्ज पर्सा जिल्लाको प्रजिअ समेत रोहवरमा रहेको परीक्षा पश्चात परीक्षामा कसरी बुद्धिजीवीहरुले आफ्नाे शैक्षिक विद्वता भन्दा पैसाको भरमा दलाली गर्ने र दलालहरुको समूहले प्रदर्शन गरेको छ ।
एउटा मधेश आन्दोलन पश्चात व्यवस्थित हुन नसकेको बिरगञ्ज र त्यो भन्दा अगाडिको समय हेर्दा बिरगञ्जवासीको इज्जत, मान, स्वाभिमान बढेको छ या घटेको बारेमा त्यहाँका जनताले निर्धारण गर्ने विषय र चासोको प्रश्न बनेको छ । मानसिक रुपले डराएका, भौतिक रुपले बलियो तर मालगाडि ट्रकको प्रतिविम्ब बोकेको हर्पतगञ्ज, मिर्जापुर लगायतका क्षेत्रका बासिन्दा आफुलाई धर्म, संस्कृति, आर्थिक, राजनीतिक वा कुनै पनि क्षेत्रमा आफुलाई स्वच्छ, सफल वा मर्यादित बनाउन सकेकाे छ र ? के पैसाको तानावानी र परीक्षाको मर्यादा भन्दा शान्ति सुरक्षाको जिम्मेवारी बहन गरेको समाजको हरेक क्षेत्रमा नियन्त्रण, संयम वा हरेक प्रकारले सुरक्षित राख्ने जिम्मेवारी बोकेको एसपीको संलग्नताले नेपालको गृह प्रशासन के स्वच्छ र मर्यादित बनाउन सकिएको छ र? बदुकको प्रयोग बुझेको र बदुकलाई व्यवस्थापन गर्ने गृह प्रशासन अन्तर्गतका नेपाली पुलिसकर्मी, स्थानीयस्तरदेखि केन्द्रीय स्तरसम्मको हेर्दा नेपालको गृहमन्त्रालय आफैमा असुरक्षित देखिन्छ ।
जहाँ करोडौंको क्षति भइरहेको छ त्यहाँ आफ्नाे गृह प्रशासन मार्फत अगाडि बढाउन वर्तमान संघीय मुलुकमा बहुदलीय राजनीतिक व्यवस्था वा पहिचानवादीको प्रयोगले नेपालमा गुणस्तरियता, गुणस्तरिय उत्पादन भएको हो या भ्रष्टाचारयुक्त देशको मुख्य शहरहरु महानगरीय क्षेत्रहरुको विकास भएको हाे यस बिषयमा जनतामा अहिले चासाे बढेकाे छ ।
जुन देशको शैक्षिक व्यवस्था एउटा कार्यक्रम मार्फत मूल्यांकन गर्दा के पत्रकारिताको संवाद व्याख्यात्मक मात्र हुन्छ की विश्लेषणात्मक वा आलोचनात्मक ? तसर्थ म एउटा पत्रकारिताको अध्ययेताको हिसाबले मधेशका पत्रकाहर महोदयहरु आफ्नाे पूर्व जानकारी, शैक्षिक निपूर्णता वा बौद्धिक विचारको सिर्जनाबाट सञ्चालन गर्न आग्रह गर्छु भने एउटा क्याम्पस प्रमुख भएको व्यक्तिले आफ्नाे संयम वा सचेत रुपले प्रस्तुत हुन जानकारी गराउँछु किनकी व्यक्तिगत स्वतन्त्रतादेखि आज नेपालको संविधानले दिएको हरेक अधिकारलाई प्रयोग गरी प्रेस मिट लगायत विभिन्न कार्यक्रममार्फत आफ्नाे दुखेसो अरु क्याम्पस वा व्यक्तिविरुद्ध गर्न सकिन्छ तर आफ्नाे बच्चालाई जीवनको मूल आचरण अनुशासनलाई प्रयाृेगमा ल्याउन, मानवीय मूल्य मान्यतालाई कायम राख्न र शैक्षिक प्रणालीलाई व्यवस्थित रुपले अगाडि बढाउन बिना कुनै पैसा, राजनीतिक पहुँच वा दादागिरीबिहिन गर्न सकिन्छ ?
त्यसको लागि आफुभित्रको अन्तर्निहित रहेको मानवीय मर्यादा वा आप्mनो समूह अन्तर्गत रहेका मिश्रा जस्तो बिना लायक शैक्षिक हिन व्यक्तिहरुलाई पैसाको भरबाट वा पटेलको धम्की के बिरगञ्ज वासीले त्यस्तै क्याम्पस प्रमुखलाई वा हिन्दुत्वको बोझलाई आधार मानी अगाडि बढाउन र बिगरञ्जको विकास गर्न सकिन्न । तसर्थ बिरगञ्ज जस्तो ऐतिहासिक, औद्योगिक नगरीमा अतिवादी धार्मिक समूहहरुले दंगा, हिंसा वा भेडाको वस्तीको रुपमा आफुलाई परिभाषित गर्न अगाडि बढिरहेका बिम्ब दिन प्रतिदिन बढ्दै गएका छन् । नेपालका बुद्धिजीवी सर्कलको रुपमा रहेको पूर्व मधेशका मुख्यमन्त्री रहेको जिल्लामा शिक्षाको दयनीय अवस्थालाई कसरी लिन सकिन्छ ? जुन विद्यार्थी वा बच्चालाई जीवनको कुनै आयाममा आप्mनो परिपक्वता नहुँदै आत्महत्या, भ्रष्टाचार वा हिंसाको प्रयोगले एउटा जातीय, पारिवारिक चरित्र बोकेको क्याम्पस प्रमुखको अभिव्यक्ति शैली वा संवादका के अर्थ लगाउन सकिन्छ त्यसलाई वर्तमान मधेशवादीहरुले बुझ्न जरुरी छ ।
नेपालको मुख्य नाका वा छिमेकी देश नजिक रहेको शहरमा आफ्नाे मन्त्रालय, न्याय प्रणाली वा देशको मुख्य शक्तिको रुपमा मानिने शैन्य शक्तिबाट आफ्नाे माटोभित्र भइरहेको घटना, द्वन्द्व वा देशको चाप्लुसी नेताबाट सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय वा शिक्षा मन्त्रालय जस्ता राज्यका अहंम मन्त्रालयलाई सुदृढिकरण गरेर वा नीतिगत सुधार गरी आफ्नाे माटोमाथि भइरहेको भारलाई कसरी कम गर्न सकिन्छ भन्ने बुझ्न जरुरी भइसकेको छ ।
हिजोसम्म एउटा व्यक्ति विशेषले विकास हुन सक्दैन भनेर विदेशीको चलखेल वा ईशाराबाट सञ्चालित विभिन्न राष्ट्रिय-क्षेत्रीय द्वन्द्व र संघर्षबाट बहुदलीय व्यवस्थाकाृे सोच, लोकतान्त्रिक गणतन्त्रको व्यवस्थापन किन हुन सकिरहेको छैन त्यो नेपालको जनताले र विशेषतः बुद्धिजीवी भनिने समूहले सोच्चु र औंल्याउनु पर्ने विषय बनेको छ । नेपालको रोजगारी, आधारभूत जीवनशैली वा विदेशीको लेनदेनमा सुधार आएको छ कि नेपालीपनमा बाँच्न चाहने नेपालीहरुको बढोत्तरी भएको छ । यो आफैमा मूसाले खेतको धान काटेको जस्तो हो कि मुसा छोडेर काट्न लगाएको, यो कुरामाथि नेपाली राज्यसत्ता, सैन्यसत्ता र आर्थिक स्रोतले बुझ्न र बुझाउन पर्ने समय आएको छ ।
नेपालीको मनमा रहेको माटोप्रतिको जिम्मेवारी घट्दै विदेशीको गुलामी वा दासतालाई स्वीकार्न चाहने हो कि आफ्नाे जीवन बाँच्न र पैसाको जीवनबाट आफ्नो स्वाभिमानलाई कायम राख्न बिरगञ्जदेखि सुरु भएको हरिखेतान बहुमुखी क्याम्पस वा एनआइ कलेजबिचको सम्बन्ध अन्तर्सम्बन्ध या परस्परको सम्बन्धले कसरी सुनियोजित घटना घटाउन सार्थक बनाउँछ भने कुरालालाई विभिन्न मन्त्रालयहरुले आफ्नाे नीतिगत या प्रर्कयात्मक सुधार गर्न नेपाली गणतान्त्रिक व्यवस्थाको चुनौतीको विषय बनेको छ । यसको लागि सबैले सोच्न आवश्यक छ ।

















