काठमाडौं । संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल ( MRDF Nepal ) कार्यसमितिको टोलीले सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव लाइ भेटेर सस्थाले गर्दै आयको विभिन्न सामाजिक र अध्यन अनुसन्धानहरुको जानकारी गराउदै मायाको चिनो प्रदान गरेको छ ।
साथै आगामी दिनमा नेपालि कला सस्कृति र संगीतको अध्यन अनुसन्धानमा र संरक्षणमा राज्य पक्षले ध्यान नदिदा नेपालि मौलोक कला संस्कृति लोप हुने अवस्थामा रहेको कुरा अध्यक्ष ओम सुनारले जानकारी गराए । संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल ( MRDF Nepal ) ले गरेको सामाजिक कार्यहरुको प्रम्संसा गर्दै सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले नेपालि मौलिक संगीतको बिकाशका लागि आफुले सक्ने सहयोग गर्ने बचन दिनु भयो साथै संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल लाइ अझ धेरै सफलताको शुभकामना ब्यक्त गर्नु भयो।
संगीत अनुसन्धान तथा बिकाश मंच नेपालतर्फबाट अध्यक्ष ओम सुनार, उपाअध्यक्ष राजेश कुमार श्रेष्ठ, कार्यासमित सदश्य एलिस कार्की , गित पाण्डे , सल्लाहकार सोभन सैजु साधारण सदश्य बिनोद बम र पुजा ठकुरी उपस्थी हुनु भयको थियो। तस्बिर सम्माननीय उपराष्ट्रपतिको कार्यालय बाट राध्य श्याम विश्व कर्मा।

















