प्रधानमन्त्री प्रचण्डले पाँचौंपटक संसद्‌बाट विश्वासको मत लिने

37

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।

नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन्।

कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ। सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरेका छन्।

कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि सदनमा विश्वासको मत फेस गर्ने निर्णय प्रचण्डले लिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here