काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् ।
पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादवलाई जनता समाजवादी पार्टी (जसपा), चौरसियालाई नेपाली कांग्रेस र गुप्तालाई नेकपा एमालेले मन्त्री बनाएको हो ।
पर्सा–४ बाट निर्वाजित रमेश रिजाल यही संसदीय कार्यकालमै मन्त्री भइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रिजाल उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री थिए ।


















