उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भारती राजदूत नवीन श्रीवास्तवले गरे भेटवार्ता

20
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता काठमाडौँ, १ साउनः नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ताका क्रममा बधाई तथा शुभकामना दिँदै । तस्बिर ः भीष्मराज ओझा÷रासस

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । 

मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिँदै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत तयार रहेको बताए।  

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । दुईजनाबीच भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको छ । 

दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीबारे छलफल भएको सचिव गेलालले जानकारी दिए।

त्यस क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here