काठमाडौं । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
सप्तरी, शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिर जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-१४ पदमपुर बस्ने बिजय सुनारको छोरा करिब ३ वर्षीय ओम बहादुर सुनार सोही उपमहानगरपालिका-१५ उपल्लो चम्किपुर कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कुलोमा खेल्ने क्रममा हराएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर टाढा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















