देशभर डेंगुको सङ्क्रमण फैलियाे

38

काठमाडाैं । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ ।

हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । पछिल्लो समय डेंगुले विकराल रूप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ ।

डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here