विपदको बेला उद्धारमा सहयोग गर्न प्रमकाे अपिल

41

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको जनाएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।

बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गरेका छन् ।

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए । त्यसअघि र पछि उनले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गरेका थिए ।

अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाको मृत्यु भएको छ । विपदको बेला केही स्थानमा उद्धारका काम प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here