एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ

40

दाङ। दाङमा ११ जुवाडे पक्राउ परेका छन्। जिल्लाको  दंगीशरण    गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा  दंगीशरण वडा नम्बर ३ का ३५ वर्षीय गणेश योगी, ३३ वर्षीय मेघराज रजौरे, ४० वर्षीय लम्बुधर चौधरी, ५५ वर्षीय  भागीराम चौधरी पक्राउ परेका छन्।

त्यस्तै  दंगीशरण वडा नम्बर ३ का ३० वर्षीय श्यामेश्वर वली, ३९ वर्षीय निराजन धिताल, वर्ष ५० का महावीर चौधरी, वर्ष ४२ का शिवहरि धिताल,  वर्ष ३५ का ओमप्रकाश पुरी,  वर्ष ३२ का गोकुल धिताल र वर्ष ४१ का आनन्द रजौरे रहेका छन्।

जुवातास खेलिरहेका छन् भन्ने सुराकका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पुगेको टोलीले स्थानीय भागीराम चौधरीको घरमा छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथवाट एक लाख ६ हजार ६ सय ५० नगद पनि बरामद भएको थियो।

पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेको र उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने पनि प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here