कीर्तिपुरमा देवी नाँच प्रदर्शन भिडियाे सहित

82

कीर्तिपुर । कीर्तिपुरकाे  तः ननि टाेलेका संस्कृतिप्रेमी युवाहरूकाे सकृयतामा परापूर्व कालदेखि चलाउँदै आइरहेको  करिब ३ सय वर्ष पुरानो देवी नाँच (देव प्याखं) देखाएकाे छ ।

गत कार्तिक १ गते शुक्रबार देखाएकाे साे नाच कीर्तिपुरकाे धार्मिक तथा सांस्कृतिक महत्व बाेकेकाे साे नाच खि, ता, बबुचा, पाेंगाकाे तालमा नचाइने  यस नाचमा  इन्द्रायणी, बाहायणी, भैरव, ख्याः, कवं दागिकी, पो प्रमुख पात्र रहेकाे  हुन्छ ।

बिजयादशमीकाे टिकाकाे दिन कीर्तिपुर नगरपरिक्रमा गरि  द्याे ढाेकामा नाच देखाएर  र बाघभैरव मन्दिर परिसर नासः द्याे अगाडि नासः ग्वारा गायनमा नाच देखाउने काेग्राजत पुर्णिमाका दिन चिलन्चाे (जगतपाल महाबिहार) अवस्थित  हिरामुनि बज्राचार्यकाे घर अागनमा तन्त्र विधाकाे गुरूकाे रूपमा नाच देखाइने गरिन्छ ।  

 

यस देवी नाच पाैराणिक लाल हिरा कथामा आधारित रहि लाल र हिरा पात्र केटा र केटीकाे कुनै कुनै भएकाे व्यतिबाट विछाेड भएकाे अवस्थामा हिरा (केटी) ले श्री इन्द्रायणी माताको अराधना गरि लाल प्राप्त भ्रएको हुदाँ विछोड जोडीलाई मिलन गराएको उपल्क्षयमा इन्द्रायणी माताको अराधना गरी नाचकाे रूपमा रूपमा नाच देखाउने परम्परा रहेकाे छ ।

एक समय लाेप हुने अवस्थामा पुगेकाे यस नाच अाजभन्दा करिब पाँच बर्ष अगाडि कीतिर्पुर लगायत तःननि टाेलका संस्कृति प्रेमी जागरूक युवाहरूकाे अग्रसतामा नयाँ पिढीहरूलाई हस्तातरणा गरिएकाे थियाे ।

करिब २२ बर्ष अगाडि पछि युवाहरूलाई देवी नाच प्रशिक्षण गराई संचालन गरिएकाे तःननि दाफा खलःका अध्यक्ष दिलिप महर्जनले जानकारी गराई नव युवाहरूलाई देवी नाच प्रशिक्षण गराई देखाएकाे जानकारी गराए ।

उनका अनुसार यस नाच देखाउनका लागि अहिले इन्द्रायणी ३ जना ब्रम्हायणी ३ भैरव दुई जना ख्याः २ जना कवं २ जना, दागिनी  १ पाे ३ जना पात्रहरू देवगणहरू तयारी अवस्थामा रहेकाे जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here