काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसावेयरेबल स्टिकर, ;NIMB पेवियर’को सार्वजनिक गरेकाे छ।
बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै ग्राहकहरूले कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरेकाे हाे। जुन कुनै पनि पीओएस टर्मिनलमा वेयरेवल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सकिने बैंकले जनाएकाे छ।
यस कार्यक्रममा पत्रकार र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका व्यवस्थापन सहभागी थिए। कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने, ‘NIMB पेवियर नेपालका लागि गेम-चेन्जर हो,’ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने। ‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ। हामी नेपालमा पहिलो पटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौं, जसले फेरि एकपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्नेछ।’
भिसा वेयरेबल स्टिकर ग्राहकहरूले आफ्नो घडी, की-चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा टाँस्न सकिनेछ। उक्त टाँसेकाे स्टिकर काराेबार गर्ने ठाउँमा गएर छाेएमा ग्राहकले भुक्तानि गर्न सक्नेछन्। याे अनुसार ५ हजारसम्मकाे काराेबार गर्दा पीन राख्न पर्ने छैन जुन नेपाल राष्ट्र बैंककाे नियमअनुसार पर्दछ।
तीन महिनाभित्र NIMB पेवियर स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि, आफ्नो वेयरेबल शुल्क (एनपीआर १,०००) फिर्ता पाउनेछन्।
सन् २००३ मा, बैंकले नेपालमा पहिलो पटक भिसा इलेक्ट्रोन डेविट कार्ड जारी गरेको थियो, र भिसा कन्सोर्टियम र राष्ट्रिय भुक्तानी नेटवर्क (एनपीएन) मार्फत कार्ड सेवाहरूलाई प्रवर्द्धन गर्दै आएको छ।


















