अत्यधिक जाडो बढेपछि विद्यालय बिदा

52

बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।

तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ५० दिने वार्षिक बिदाबाबा समायोजन गर्ने गरी विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जनाए ।

यस्तै बर्दघाट नगरपालिकाले पनि पुस २४ देखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here