हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन प्रमले गर्ने

55

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ। आजै प्रधानमन्त्रीलाई सभामुखले भेटेका थिए। भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ। अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ।

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन्। त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here