जारी अध्यादेशमा फास्ट ट्रयाक पारित गर्ने निर्णय

58

काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ जनाए।

उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको जनाए । उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको जनाए ।

उनले भने, ‘सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको हो। अध्यादेश संसद् छलेर भागेका छैनौं। संसदमा दर्ता भइसकेको छ। छलफल गरेरै पारित हुन्छ। विपक्षीले संसद छल्ने बद्नियत भनेपछि हाम्रो त्यस्तो छैन।’ ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here