शंकास्पद देखिएपछि मोरङ जाँदै गरको कन्टेनरलाई नियन्त्रणमा

42

जनकपुरधाम । बिल–बिजक शंकास्पद देखिएपछि काठमाडौंबाट मोरङ जाँदै गरको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार बिहान करिब सावा ६ बजेको समयमा सर्लाहीको बागमती नगरपालिका १२ स्थित चेकपोष्टमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलिले कन्टेनर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार काठमाडौँबाट मोरङ तर्फ जाँदै गरेको प्र ३–०१–००५ ख ९५२२ नम्बरको ट्रक (कन्टेनर) रोकी चेकजाँच गर्दा गाडीमा रेडिमेड कपडा, जुता, मेसिनरी पार्टसहरुको बिल–बिजक शंकास्पद देखिएको थियो।

प्रहरीले ७४ लाख ८६ हजार ४२५ रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here