नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे

48

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ।

नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार ७५५ दशमलव ४० को विन्दुमा कायम भएको हो।

आज ३२८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार ९१३ पटक खरिदबिक्री हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, लगानी १ दशमलव ३३, जीवन बिमा शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन २ दशमलव ७८, म्युचुअल फण्ड शून्य दशमलव शून्य दुई, निर्जीवन बिमा शून्य दशमलव १३ र अन्य समूह ३ दशमलव ७२ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव ४५, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् शून्य दशमलव ५६, लघुवित्त शून्य दशमलव ६६ र व्यापार समूह १ दशमलव ३२ प्रतिशतले घटेको हो।

गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य ७ दशमलव २४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ९५ करोड ६४ लाख ५१ हजार ३६६ रुपैयाँ बराबरको ९ लाख ९० हजार ६७२ कित्ता शेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here