कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

41

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई उपचारको क्रममा २०८० पुस १० गते मृत्यु भएको घटनामा वारदात पश्चात फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here