राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने

51

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने जनाएका छन्।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनावद्ध सक्रियतामा अघि बढ्छौँ। निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ। डेमोक्रेसी भनेको हाइवे हो। हाइवेमा ब्याक गेयर लगाइँदैन। डेमोक्रेसी इज अ हाइ वे। यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ।

उनले योजनाहीन धैर्यता र सक्रियता नभई योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताए। उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे। प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताउदै नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको पनि जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here