अनलाइनबाटै नागरिकता सिफारिस

43

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गरेकाे छ । जसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा महानगरपालिकाको सूकाठमाडौंचना प्रविधि विभागले वडा सचिवहरुलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको प्रयोगात्मक अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम गरेर युजर नेम र पासवर्ड प्रदान गरेको छ।

उक्त प्रणालीमा विवरण प्रविष्ट गराउने, कागजपत्र प्रमाणित गरेर स्क्यान कपी राख्ने र विवरण पठाउन सकिने सुविधा रहेको विभागले जानकारी दिएको छ। गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणाली २० जिल्लाका करिब २ हजार ५ सय वडाले कार्यान्वयनमा ल्याइसकेका छन्।

यो प्रणालीका २ वटा मोड्युल – एउटा इन्टरनल र अर्को एक्टरनल रहेको पनि विभागले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here