काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने जिकिर गरे ।
साथै, उनले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको जनाए ।
‘अहिले नै गणतन्त्रप्रति खतरा आयो भनेर सोच्न पनि जरुरी छैन । अहिलेद लहरू गणतन्त्रको रक्षाका लागि एक हुनुपर्ने नत्र खतरामा पर्छ भन्ने भाष्य ठिकै छ,’ प्रचण्डले भनेका छन् । त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पारे ।














