सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट

48

काठमाडौं । साताकाे दाेश्राे दिन आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएकाे छ ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँ कायम रहेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here