नाउपाका संरक्षकको रिहाइ गर्नका लागि नाराबाजी

51

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको छ । उनी पक्राउ परेपछि एकता घोषणा सभा स्थगित भएको छ । उनी पक्राउ परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै नाराबाजी गरिरहेका छन् ।

उनीहरुले त्यहीँ ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरी परिसरका एक अधिकृतका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here