रेखा पौडेल नगद सहित सम्मानित

27

काठमाडौं । अबुधाबीमा व्यवशायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ ।

रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखली गुर्खा एफसी बीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको हो । पछिल्लो समय राष्ट्रिय टोलीमा उनको उक्तृष्ट प्रदर्शनको कदर गर्दै र उनलाई थप हौसला प्रदान गर्न क्लबले उनलाई सो अवसर पारी सम्मान गरेको जनाएको छ ।

रेखा हाल युएई महिला फुटबल लिग खेल्दै छिन् । युएईमा रहेका नेपालीहरुले सञ्चालन गरेको नखील गुर्खा एफसीमा सहिद स्मारक ‘ए ‘ डिभिजन लिग खेलिसकेका तीर्थ राना मगर, शरण बस्नेत, निरकुमार राई लगायतका खेलाडीहरू आबद्ध   छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here