गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान

22

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ।

समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो।

गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन्।

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ। शीर्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि पौडेलले बैठक बोलाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here