एजेन्सी । फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्फ अगाडि बढ्न लागेको छ । कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा भने अनुसार, भविष्यमा कारखानाहरूमा अधिकांश म्यानुअल काम रोबोट र जनरेटिभ एआई द्वारा गरिनेछ, जसले कम दक्षता भएका मानव श्रमिकहरूको आवश्यकता घटाउनेछ ।
यंग लियूले बताए अनुसार फक्सकन पहिले नै आफ्नो वर्कफ्लोमा जनरेटिभ एआई समावेश गरिसकेको छ, जसले उत्पादन क्षमतामा तीव्र वृद्धि गरेको छ । एआई समर्थित सफ्टवेयरले नयाँ उत्पादन लाइन स्थापना गर्ने ८० प्रतिशत कार्य स्वतः गर्न सक्ने भएकोले समय र लागत दुवैमा बचत भएको छ ।
अब फक्सकनले फक्सब्रेन नामक आफ्नै एआई मोडल बनाउँदैछ, जसले मेटाका लामा ३ र ४ मोडलहरूलाई कम्पनीको अपरेशनल डाटा सँग समायोजन गरी एक एजेन्टिक वर्कफ्लो तयार गर्नेछ। यो मोडलले कारखानाको स्थलमै हुने समस्याहरू समाधान गर्न सघाउनेछ र कम्पनीले यसलाई ओपन(सोर्स गर्ने योजना बनाएको छ ।
फक्सकन हरेक वर्ष करिब १०,००० वटा फक्सबोट्स तयार गर्छ, जसले मानव श्रमिकहरूको स्थान लिइरहेका छन् । कम्पनीले पहिले नै दाबी गरिसकेको छ कि उसले एक कारखानामा ६०,००० जागिर अटोमेट गरिसकेको छ र सन् २०२० सम्म आफ्ना चाइनिज प्लान्ट्समा ३०५ अटोमेशनको लक्ष्य राखेको थियो ।
अब फक्सकनले एनभिडियाको ओम्निभर्सको प्रयोग गरेर डिजिटल ट्विन फैक्ट्रीहरू बनाउँदैछ र तिनीहरूको सिमुलेशन गरिरहेको छ, जसले कारखाना निर्माण गर्नु अघि नै उसको योजना र प्रक्रिया एआई द्वारा अप्टिमाइज गर्न सकिन्छ ।


















