गाजामा अराजकता, व्यवस्थित गर्नखोज्दा सात प्रहरीको मृत्यु

25

एजेन्सी । उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ । राहत वितरणमा लुटपाट सुरु भएको छ ।

हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ ।

यसै घटनाका बारे इजरायली सेनाले केही प्रतिक्रिया जनाएको छैन तथापि पछिल्लो केही दिन यता इजरायली सेनाले त्यस क्षेत्रमा आतङ्ककारीलाई लक्षित गर्दै प्रहार गरिएको जनाउँदै आएको छ ।

स्थानीय श्रोतका अनुसार बिहीबार ४४ जना मारिएका छन् । यसरी मारिनेमा केन्द्रको बुरुजी शरणार्थी शिविरका छन् । यसको एक दिन अघि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दुई जनालाई गोली प्रहार गरेर मारिएको जानकारी दिएको थियो ।

अमेरिका र इजरायलको साथ पाएको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरणमा रफाहामा ५० जना घाइते भएको जनाइएको थियो । त्यस समयमा भाग दौडमा यसरी धेरै जना च्यापिएका थिए ।

लासहरू भुइँमा ढलेका मुटु नै काँप्ने किसिमका दृश्य सामाजिक सञ्जालमा देखिन थालेका छन । राहत वितरणमा लुटपाट मच्चिन थाले पछि स्थानीय प्रहरीले त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा इजरायली सेनाले आक्रमण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here