हिम स्टार ऊर्जाकाे आइपिओ बिक्री सुरु

31

काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि अब आम लगानीकर्ताका लागि सेयर निष्कासन गरेको हो ।

जारी पुँजीको ३० प्रतिशत बराबर कम्पनीले ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्दैछ । यसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको ६५ हजार २७५ कित्ता बाहेक बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

न्यूनतम् १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यो आइपिओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । माग अनुसार आवेदन नपरेमा म्याद साउन ६ गतेसम्म लम्बिन सक्छ ।

इक्रा नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनी औसतस्तरको जोखिम संकेत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here