नारायणी नदीमा फाल हानेका युवक अझै बेपत्ता

29

काठमाडौं । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन्।

मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी गराए ।

बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here