राप्ती स्मारिका प्रकाशन, राजदूत डा. तुम्बाहाम्फेले विमोचन गर्ने राप्ती समाज दक्षिण कोरियाले स्मारिका प्रकाशन गरेको छ।
स्थापनाको २० वर्षमा आइपुग्दा पहिलोपटक राप्ती स्मारिका प्रकाशन गरिएकाे हो ।
स्मारिकामा संस्थागत गतिविधि सँगै काेरियामा रहेका नेपालीमाझ सामाजीक संघसस्थाले खेलेको भूमिका र राप्तीका ६ जिल्लाहरु दाङ, सल्यान,रोल्पा, प्युठान, रुकुम र पुर्बी रूकुम भित्रका बहुआयामिक पक्ष तथा यहाँका ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र सामाजीक पहिचानलाई समावेश गरिएको छ । यसका साथै विभिन्न श्रष्ठाका साहित्यीक लेखरचना पनि स्मारिकामा समेटिएको राप्ती स्मारिका २०८२ प्रकाशनका संयोजक ओमलाल ओलीले जानकारी दिए।
राप्ती स्मारिकाको विमोचन भने एक कार्यक्रमका बिच आगामि आईतबार दक्षिण कोरियाको राजधानी सियोलमा गरिने तयारी गरेको समाजका अध्यक्ष अमृत केसीले बताएका छन् । राप्ती समाज दक्षिण कोरियाले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक राप्ती स्मारिका–२०८२ प्रकाशन गरी स्मारिकाको विमोचन कार्यक्रमको आयोजना गरेको हो ।
स्मारिकाको विमोचन पूर्व कानुन मन्त्री तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेको हातबाट हुने निश्चित भएको महासचिब वायु पौडेलले जानकारी दिए।
विमोचन कार्यक्रम अगस्ट १० तारिख आईतवार डोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको छ। कार्यक्रममा उपस्थितीको लागि राप्ती समाजले कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, पत्रकार, व्यवसायी, बुद्धिजीवी, विद्यार्थी तथा नेपाली समुदाय लगायत सम्पूर्ण शुभचिन्तकलाई आग्रह गरेको छ । राप्ती समाजले स्मारिकालाई राप्तीको पहिचान र एकताको दस्तावेजको रूपमा लिएको जनाएको छ।


















