भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार

35

काठमाडौं । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।

विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here