नेपालले आज  उत्तर कोरियाको सामना गर्दै

25

काठमाडौं । भुटानको चामलिमिथाङ रंगशालामा एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले आइतबार  उत्तर कोरियाको सामना गर्दैछ। खेल चामलिमिथाङ रंगशालामा १:४५ बजे सुरु हुनेछ।

आजको खेलमा नेपालले उत्तर कोरियालाई हराउनुपर्ने दबाब छ।

शुक्रबारको खेलमै उत्तर कोरियाले फेरि आफ्नो प्रभुत्व देखायो। भुटानविरुद्ध १०–० को भारी जित निकाल्यो। उत्तर कोरियाले यो खेलमा मात्रै होइन, साउदी अरबविरुद्ध त १५–० को दमदार जित निकालेको थियो।

नेपालले पनि आफ्नो सपना जीवित राखेको छ। दुई साता अघिमात्रै दुई खेलमा १४ गोल वर्षाएको नेपालले भुटानसँग नसोचेको खेल पस्कियो। घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल साउदी अरबविरुद्ध १–० को संघर्षपूर्ण जितसँगै दुई खेलबाट ४ अंक बटुल्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ।

नेपाल समुह ए मा रहेको छ। यो समुहमा भुटान,उत्तर कोरियार साउदी रहेका छनु। समुह ए मा  उत्तर कोरिया ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ भने १ अंक बटुलेको भुटान तेस्रो स्थानमा छ।साउदी अरब भने अंकबिहिन रहेको छ।

तर अब भने यो अंकतालिका कुनै अर्थ राख्दैन। सबै कुरा आजको खेलमै निर्भर छ।
नेपालका लागि समीकरण सरल तर कठिन छ। जित मात्र जित। बराबरी भए पनि सपना टुट्नेछ, हार त झन् अझै महँगो हुनेछ। अर्कोतर्फ उत्तर कोरियालाई बराबरी मात्र भए पनि पर्याप्त छ।

२०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ ‌औँ संस्करण हो। यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्याण्डमा खेलिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here