उखु किसानको मागप्रति नेताहरुकाे ऐक्यबद्धता

7

काठमाडाैं । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

यस्तै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भटराई पनि धर्नास्थलमा पुगेर उखु किसानका मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ । पूर्व प्रधानमन्त्री नेपालले उखु किसानलाई दिने भनेको अनुदान रकम घटाएर सरकारले किसानप्रति अन्याय गरेको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले पनि सरकारले किसानहरुलाई मर्कामा पार्न नहुने भन्दै पूर्व घोषित अनुदान दिन सरकारसँग माग गर्नुभयो । सरकारले निर्धारण गरेको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

अस्ति आइतवारदेखि प्रदर्शन शुरु गरेका उनीहरुले पूर्व निर्धारित अनुदान दिने निर्णय नभई आन्दोलन नरोक्ने बताएका छन् । सरकारले किसानलाई दिँदै आएको उखु उत्पादक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here