करेन्ट लागेर मृत्यु

41

काठमाडौं । धनुषा, मिथिला नगरपालिका-१० लालगढस्थित निर्माणाधिन घरमा विद्युतको वायरिङ गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार श्रेष्ठको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित श्री भैरव अटो मोबाइल प्रालिमा बिग्रेको विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर सोही प्रालिमा काम गर्ने बुटवल उपमहानगरपालिका-४ ट्राफिक चोक आदर्श नगर बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भएका १९ वर्षीय मनोज चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here