दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने

26

वासिङ्टन डिसी । अमेरिकामा पक्राउ परेका दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने भएका छन्।

जर्जिया राज्यमा रहेको ह्युन्डाईको कारखानामा छापा मार्ने क्रममा ठुलो सङ्ख्यामा दक्षिण कोरियाली अवैध आप्रवासी समातिएका थिए।

स्थानीय समयअनुसार बुधवार १४ः३० बजे तिनीहरू दक्षिण कोरियाका लागि उड्ने भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ। बुधवार बिहान इन्छेओन विमानस्थलबाट चार्टर विमान उडिरहेको दक्षिण कोरियाली टेलिभिजनले प्रसारण गरेको थियो।

बिहीबार बन्दी कामदारलाई बोकेर विमान दक्षिण कोरिया फर्किने बताइएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युनलाई बुधवार बिहान ह्वाइट हाउसमा भेट्नु अघि यो खबर आएको हो।

यस्ता घटना दोहोरिन नदिन अमेरिकासँग मिलेर काम गर्ने सोमबार वासिङ्टनका लागि उड्नु अघि चोले भनेका थिए। गएको हप्ता अमेरिकी अधिकारीहरूले ह्युन्डाइको ब्याट्री बनाउने कारखानामा गैर कानुनी रूपमा काम गरिरहेको ४७५ जना मानिसलाई समातेका थिए। यीमध्ये ३०० भन्दा धेरै दक्षिण कोरियाली थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here