उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै

28

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राखेको छ। भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ। त्यसैगरी भदौ २६ गते बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

सेनाले अत्यावश्यक कार्यका लागि भने २६ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका  ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको जानकारी दिएको छ।

निषेधाज्ञा र कर्फ्यूका समयमा पनि एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाइने जानकारी पनि सेनाले दिएको छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने पनि सेनाले विज्ञप्तिमा जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here