तन्जानियामा बस र ट्रकआपसमा ठोक्किँएर ९ को मृत्यु, १६ जना घाइते

16

डारएससलाम। तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सोह् जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये चार जना विद्यार्थी रहेको पुष्टि भएको छ ।

डोडोमा क्षेत्रीय प्रहरी कमाण्डर गालुस ह्येराका अनुसार दुर्घटना चेम्बा जिल्लाको न्यासा क्याम्प क्षेत्रमा स्थानीय समय अनुसार बिहान ६:४० बजे भएको हो । “प्रारम्भिक अनुसन्धान अनुसार ट्रक चालकले आफ्नो लेन छोडेर बसतर्फ सिधैँ ठोक्किएको देखिन्छ,” ह्येराले बताउनुभयो । “दुर्घटनामा बसको अगाडिदेखि पछाडिसम्मको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।”

बस चालकको घटनास्थलमै ज्यान गएको थियो भने ट्रक चालक घाइते अवस्थामा डोडोमा क्षेत्रीय रेफरल अस्पतालमा भर्ना गरिएको छ । डोडोमा क्षेत्रीय आयुक्त रोस्मेरी सेन्यामुलेले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जनाइन् कि पाँच जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चार जनाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका हुन् । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here